arin enterprises

ढुंगेअड्डामा तीनवटा कुकर बम फेला

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ६, शुक्रबार

आज विहान काठमाडौंको ढुंगेअड्डामा तीनवटा कुकर बम फेला परेको छ ।

कलंकी र ढुंगेअड्डाको बीच सडकमै शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु फेला परेको सूचना पाएपछि नेपाली सेनाको टोली पुगेर उक्त बमलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुईवटा कुकर देखिए पनि तीनवटा बम रहेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएको छ । बम फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएको थियो ।

Categorized in राष्ट्रिय