arin enterprises

मल्ललाई प्रेम मोहन सिरपाः

SamacharDesk – साहित्य ब्यूरो | २०७६ आश्विन २, बिहिबार

यस वर्षको प्रेम मोहन सिरपाः (पुरस्कार) मल्ल के. सुन्दरलाई दिइएको छ । मल्लको उपन्यास पोष्टरको लागि उक्त पुरस्कार दिइएको हो ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच वाङमय शताब्दि पुरुष सत्यमोहन जोशीले मल्ललाई उक्त पुरस्कार प्रदान गर्नुभयो । 

आफुले कुनै पुरस्कार पाइने वा सम्मानित हुने आशाले उपन्यास नलेखेको उपन्यासकार मल्लले बताउनुभयो । आफ्नो मातृभाषाको उत्थानमा आफुले सक्दो केही योगदान पुर्याउने उद्देश्यले कलम चलाएर पुरस्कृत पनि हुन पाउँदा सारै खुसी लागेको मल्लको भनाई थियो ।

वाङमय शताब्दि पुरुष जोशीले नेपालभाषाका उत्कृष्ट साहित्यहरुलाई अंग्रेजीमा अनुवाद गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउनुपर्ने बताउनुभयो । भाषा उत्थानको लागि उक्त भाषाको साहित्यको पनि संरक्षण र प्रवद्र्धन हुनुपर्नेमा जोशीले जोड दिनुभयो ।

कार्यक्रममा साहित्यकार मथुरा सायमिले पुरस्कारको बारे जानकारी दिनुभयो भने प्रा.प्रेमशान्ति तुलाधरले उपन्यासको परिचय दिनुभयो ।

कवि स्नेह सायमिले पोष्टर उपन्यास नेपालीमा समेत अनुवाद हुँदै गरेको जानकारी दिनुभयो ।

पुरस्कारको राशी रु.५० हजार रहेको छ ।

Categorized in पेजथ्री