नेपाली चलचित्रमा शिवताण्डव
SamacharDesk – विजयरत्न | २०७८ फाल्गुण ८, आइतबार

नेपाली चलचित्र ‘चिठ्ठी’का लागि वसन्त अर्यालको स्वरमा शिवताण्डव रेकर्ड गरिएको छ ।
गीत एरा प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्र गीतमा संगीतकार राजेन्द्र बजगाइँको संगीत संयोजन र वसन्त अर्यालको स्वर रहेको छ ।
सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मनोज परियारले मिक्सिङ गर्नेछन् ।
निर्देशक माधवराज खरेलको निर्देशनमा बन्न लागेको कमेडी, हरर र थ्रिलर चलचित्र ‘चिठ्ठी’मा संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, कञ्चन चालिसे, खड्ग बहादुर पुनःमगर (खबपु), नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, मोहन निरौला, श्रीदेव भट्टराई, राजन थापालगायत कलाकारहरूको अभिनय रहेको छ । निर्देशक खरेलले नै लेखेका उक्त चलचित्रमा राजेश कुमारको सम्पादन, जीवन पराजुलीको छायांकन, नरेश खरेलको शृंगार रहेको छ ।
चलचित्रको छायाँकन ७० प्रतिशत सकेको र अब ३० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक खरेलले जनाएका छन् । छायाँकनका क्रममा नायक संजीत भण्डारी घाइते भएकोले हाल काम रोकिएको र उनको स्वास्थ्यलाभपछि पुनः छायाँकन अघि बढ्ने बताइएको छ ।
Categorized in पेजथ्री