arin enterprises

एमसीसीको विरोधमा भारतमा प्रदर्शन

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ९, सोमबार

नेपालमा व्यापक विरोध भइरहेको एमसीसी अब भारतमा पनि विरोध भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ । अखिल भारत नेपाली एकता मञ्चले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

विरोधमा अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय उपमहासचिव आरबी खड्काको नेतृत्वमा एकता मञ्च केन्द्रीय नेता मानु श्रेष्ठ ,जीवन शर्मा, नारायण बिक, हुमाकान्त कुँवर, अर्जुन दयाल, कमला थापा ,कमला थापा, बेलबहादुर पुन ,कमला पाण्डे ,राज्य नेता सङ्कर शर्मा, अटल परियार, रिता लिम्बुलगायत नेता थिए ।

कार्यक्रममा बोल्दै उपमहासचिव खड्काले अमेरिकाको दबाबले अहिले सिङ्गो नेपाल विभाजित भएको बताए । उनले भने, ‘विपन्न मुलुकहरूलाई आर्थिक सहयोग गर्नुका पछाडि महाशक्ति मुलुकहरूका आआफ्ना स्वार्थ हुन्छन् । एमसीसीबारे पनि यही कुरा लागु हुन्छ । जनताको विरोध सही भएको पुष्टि भएको छ ।’

Categorized in राष्ट्रिय