arin enterprises

आलिया भट्टको ‘गंगुबाई काठियावादी’ फिल्म विवादमा

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ११, बुधबार

बलिउड अभिनेत्री आलिया भट्टको आगामी फिल्म ‘गंगुबाई काठियावादी’ कानूनी समस्यामा फसेको छ ।

कांग्रेस विधायक अमीन पटेलले मंगलबार बम्बईको उच्च अदालमा फिल्मको नामलाई लिएर एक याचिका दायर गरेपछि उक्त कानूनी झमेला भएको हो । पटेलका अनुसार ‘गंगुबाई काठियावादी’ले कामाठीपुरा क्षेत्रलाई ‘रेड लाइट’ एरियाको रुपमा चित्रण गरेको छ, जसले काठियावादी समुदायको छवीलाई नै धमिलो पारेको आरोप छ ।  

सञ्जय लीला भन्साली निर्देशित ‘गंगुबाई काठियावादी’ एक महिलाको कथा हो जो बम्बईको कोठीमा बेचिन पुग्छिन् र उसलाई देहव्यापारमा लगाइन्छ । यस पेशामा महिलाको अधिकारको लागि लड्दालड्दै उनी पछि एक प्रमुख र प्रतिष्ठित व्यक्तित्व बन्छिन् । 

विवादको विषयमा फिल्मका मुख्य अभिनेत्री आलिया भट्टले प्रतिक्रिया दिंदै भनेका छन् कि यस्तो विवादले उनलाई केही फरक पर्दैन । विवादको विषय भनेको फिल्मको केही अंश मात्र हुन् यसले फिल्मको लोकप्रियतामा केही असर गर्दैन । यस विषयमा दर्शकले फिल्म हेरेपछि नै थाहा हुन्छ, फिल्मको भविष्य दर्शकले नै तय गर्ने उनले बताए । 

‘गंगुबाई काठियावादी’ फेब्रुअरी २५ अर्थात् आगामी शुक्रबार रिलिज हुँदैछ । यो फिल्म हालै बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर शो देखाइएको थियो । 

Categorized in पेजथ्री