सम्पदा अभियन्ता प्रजापतिलाई पितृ शोक
SamacharDesk – सोसियल ब्यूरो | २०७६ कार्तिक ११, सोमबार

सम्पदा अभियन्ता श्यामकृष्ण प्रजापतिलाई पितृ शोक परेको छ । सम्पदा अभियन्ता साथै समाजवादी फोरम नेपालका काठमाडौं जिल्ला अध्यक्ष प्रजापतिका पिता रामकृष्ण प्रजापतिको आईतबार निधन भएको छ ।
श्वासप्रश्वास सम्वन्धी समस्याबाट पिडित प्रजापतिको उपचारको क्रममा आईतबार राती ९ः१५ बजे वीर अस्पतालमा निधन भएको हो ।
गएको असोज २९ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सोही दिनदेखि अस्पतालमा उनको उपचार भईरहेको थियो ।
६९ वर्षीय प्रजापतिको अन्तिम संस्कार सोमबार शोभा भगवतिमा सम्पन्न भएको छ । स्वर्गीय प्रजापतिलाई उनका सुपुत्र श्यामकृष्णले दागवत्ती दिएका थिए ।
स्वर्गीय प्रजापतिको जन्म २००८ वैसाखमा भएको थियो ।
स्वर्गीय प्रजापतिको परीवारमा उनको पत्नी, पुत्र श्यामकृष्णको साथमा एक पुत्री छिन् ।
Categorized in समाज