मिस्टर एन्ड मिस नेवाः नेपाल हुने
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ कार्तिक २९, शुक्रबार

नेवार समुदायमा प्रतिभाको खोजी गर्दै मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० हुने भएको छ । अन्य भन्दा फरक र वृहत किसिमको हुने दावीसहित नेवाः समुदायका पुरुष साथै महिलाहरुको सौन्दर्य प्रतियोगीता हुन लागेको हो ।
काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक ह्याप्पी इन्टरटेनमेन्ट एन्ड फेसन हाउसले कार्यक्रमको घोषणा गरेको हो ।
युवा पुस्तामाझ भाषा, कला, संस्कृतिलाई सम्वर्ध्दन गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको आयोजक कम्पनीकी प्रमुख प्रशासकिय अधिकृत दीया श्रेष्ठले पत्रकार सम्मेलनमा दिनुभयो ।
‘अहिलेसम्म हुँदै आएका प्रतियोगीताहरुले आफ्नो मातृभाषा, सँस्कृति संरक्षणको क्षेत्रमा निरन्तरता दिन प्रेरीत गरेको पाइन । यस प्रतियोगीताबाट यूवा पुस्तालाई आफ्नो प्रतिभा उजागर गर्नका साथै समाजमा निरन्तर सक्दो योगदान दिन प्रेरीत गर्नेछ’ श्रेष्ठले भनिन् ।
आउँदो पुस ५ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा उक्त प्रतियोगिता हुने जानकारी आयोजकले दिएको छ ।
सोभन्दा अघि विभिन्न चरणमा काठमाडौं, भक्तपुर र ललितपुरमा अडिसन गरिने प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताउनुभयो ।
अन्तिम प्रतिस्पर्धामा पहिलो हुनेलाई नगदसहित महिलालाई चाँदिको ताज र पुरुषलाई चाँदिको खुकुरी प्रदान गरिनेछ । नगद पुरस्कारमा पहिलोलाई रु. ३० हजार, दोश्रोलाई रु. २० हजार र तेश्रोलाई रु. १० हजार दिइनेछ ।
प्रतियोगितामा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुले भाग लिन पाउने भएका छन् ।
Categorized in पेजथ्री