arin enterprises

विश्व साहित्य दिवस मनाइँदै

SamacharDesk – समाचार डेस्क | २०७८ चैत्र ७, सोमबार

आज विश्व साहित्य दिवस विश्वभरि विभिन्न कार्यक्रको आयोजना गरि मनाइँदैछ । नेपालमा पनि विभिन्न साहित्यिक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

यहि दिवसकै अवसर पारेर कीर्तिपुर नगरपालिका भवन कीर्तिपुरमा नेपालभाषा साहित्य नखः को चौथो संस्करणको जानकारि दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

संसारको पहिलो कविता चार हजार वर्षअघि बेबिलोनमा रचना भएको मानिन्छ । नेपालमा भानुभक्त आर्चायलाई आदिकवि भनिन्छ तर, मल्लकालमा महिन्द्र मल्ल आफैले साहित्य रचना गरेको देखिन्छ । मल्लकालमा थुप्रै मल्ल राजाहरुले साहित्य रचनामा योगदान दिएका थिए ।

शाहकालमै पनि राजेन्द्र शाह, राजा महेन्द्र, रानी ऐश्वर्य, पूर्वराजा ज्ञानेन्द्र शाह पनि साहित्य क्षेत्रमा सक्रिय थिए । वर्तमान समयमा युवा पुस्टाहरु साहित्यमा क्षेत्रमा नयाँ धार सहित अगाडि बदेका छन् ।

यस्तोमा कतिपय अग्रज साहित्यकारहरु यस क्षेत्रबाट पलायन अदाहरण प्रसस्तै छन् ।

विभिन्न कालखण्डमा रचित साहित्यिक श्रृजानको अभिलेखिकरण र स्रष्टाको उचित सम्मानको बिषयमा राज्यले गर्न नसकेको गुनासो साहित्यकार र साहित्यप्रेमीहरुको गुनासो छ । 

Categorized in पेजथ्री