कोरियन स्टार गो हारा रहिनन्
SamacharDesk – विकाश | २०७६ मङ्सिर ९, सोमबार

कोरियाकी पप स्टार साथै अभिनेत्री गो हाराको मृत्यु भएको छ ।
२८ वर्षीया स्टार गो हारा आइतबार आफ्नै निवासमा मृत भेटिएकि हुन् । शनिबार इन्स्टाग्राममा गुड नाइट भन्दै लेखेर सुतेकी गो हारा आइतबार आफ्नै विछ्यौनामा मृत भेटिएकि हुन् ।
गुडनाइटसँगै इन्स्टाग्राममा उनले शनिबार पोस्ट गरेको फोटोमा उनी निकै भावुक देखिएकि थिइन् ।
उनको निधनको कारण खुलेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । प्रहरीले आत्महत्याको आशंका गरेको छ । हाराले यस अघि पनि आत्महत्याको प्रयास गरेकी थिइन् । आत्महत्याको प्रयासपछि अस्पतालबाट फर्केर हाराले आफ्ना फ्यानहरुसँग माफि पनि मागेकि थिइन् ।
हारा यो समयमा निकै तनावमा रहेकी बताइएको छ । उनको पूर्व प्रेमीले अश्लील भिडियो सार्वजनिक गरेर करिअर ध्वस्त पारिदिने धम्की दिँदा उनी तनावमा रहेकी थिइन् । यद्यपि, धम्की दिने पूर्व प्रेमीलाई भने प्रहरीले गिरफ्तार गरिसकेको छ ।
साथमा हाराकी निकै नजिक मानिएकोसाथी सुलीले पनि आत्महत्या गरेकि थिइन् । सुलीको आत्महत्याले पनि हारा तनावमा रहेको बताइएको छ ।
हारा कोरियाली पप ग्रुप कारा की पूर्व सदस्य पनि थिइन् । उनी सन् २००८ मा उक्त ग्रुपमा आवद्ध भएकि थिइन् ।
Categorized in अन्तर्राष्ट्रिय