गायिक दिपाको ‘सरप्राइज’ बजारमा आउने
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ मङ्सिर ९, सोमबार

मेलोडि क्वीन गायिका दिपा महर्जनको एकल एल्बम ‘सरप्राइज’ बजारमा आउने भएको छ । आउँदो पुष १० गते एलबम बजारमा आउने भएको हो ।
सुखावति मल्टि प्रोडक्सनले एक भव्य समारोह गरी सरप्राइज सार्वजनिक गर्न लागेको हो ।
गायिका महर्जनको एकल स्वर रहेको एलबममा बलिउडका चर्चित गायक उदितनारायण झाको नेपालभाषाको गीत पनि सुन्न पाइने भएको छ ।
गायिक दिपा महर्जन र उदितको यूगल गीत ‘छंगु जिगु माया रतन’ यस एलबममा रिलिज हुन लागेको हो ।
योभन्दा अघि सुखावतिले गायिका महर्जनको एकल साँगितिक साँझको पनि आयोजना गरिसकेको छ ।
Categorized in पेजथ्री