पल शाह पुर्पक्षका लागि थुनामा
SamacharDesk – राम डंगोल | २०७८ चैत्र ११, शुक्रबार

तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
यसै मुद्दामा शाहका व्यवस्थापक कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएसंगै जोशी बिहीबार साँझनै धरौटी बुझाएर रिहा भएका छन् ।
नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुवै पक्षबाट बहस गरिएको थियो । जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट आज अदालतमा बहस भएको थियो ।
प्रतिवादीका तर्फबाट १२ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
Categorized in पेजथ्री