arin enterprises

रञ्जना सिनेमा हल पुनः सञ्चालनमा

SamacharDesk – राम डंगोल | २०७८ चैत्र १३, आइतबार

न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । बन्दभएकोवषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो ।

शुक्रबारबाट सञ्चालनमा आउने रञ्जना सिनेमामा ३ वटा अडिटोरियम रहेका छन् । १३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियमहरु अत्याधुनिक सेवा सुबिधाका साथसञ्चालनमा आएको छ ।

सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमाप्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । यस्तै नेपालमैपहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ ।

थ्रिडि चलचित्रकापारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सिस्टम पनि हलमा जडान गरिएको छ । काठमाडौंकोमुख्य ब्यापारिक केन्द्र मानिने न्यूरोड मानिसहरुको अत्याधिक चाप हुनेस्थान हो ।

सो स्थानमा अर्को चलचित्र हल नहुँदा रञ्जनाको पुरानो इतिहासदोहोरिन सक्ने पूर्वानुमान गर्न सकिन्छ । बिं.सं २०१४ सालबाट सञ्चालनमाआएको रञ्जना नेपालकै पुरानो चलचित्र हल मध्येको एक हो ।

कुनै समय चलचित्रप्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सोस्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन् । २०७१ साल साउन२५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको हो ।

सोही समयदेखि रञ्जनासिनेमा पुनः सञ्चालनको तयारी भएको थियो । बिभिन्न ग्रुपले उक्त चलचित्र हलसञ्चालनका लागि तयारी गरेका थिए ।

कालु गुरुङ,बिरेन्द्र नारायण महर्जन रनरेन्द्र महर्जनको टिमले संचालन गरेको हलमा बिहिबार साँझ बिसेष शो आयोजनागरिएको थियो। 

Categorized in पेजथ्री