तिलप्रसाद श्रेष्ठ सर्वाेच्चको न्यायाधीशमा नियुक्त
SamacharDesk | २०७८ चैत्र १५, मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका श्रेष्ठलाई आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको थियो ।
संसदीय सुनुवाइ समितिमा न्यायाधीशमा सिफारिस श्रेष्ठले आफ्ना कार्ययोजना र विगतमा गरेका कामको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले न्यायालयप्रति जनताको आस्था र विश्वास बढाउने काम गर्नुपर्ने धारणा राख्नुभएको थियो । श्रेष्ठले न्यायीक सेवालाई निःशुल्क बनाउन सके विकृतिहरु कम गर्न सकिने पनि बताउनुभयो ।
विभिन्न देशले अभ्यास गरेको निःशुल्क न्यायीक सेवा नेपालमा पनि लागू गर्दा राज्यलाई ठूलो भार नपर्ने उहाँको दावी थियो ।
