arin enterprises

पेट्रोलियम व्यवसायीहरुको आन्दोलन फिर्ता

SamacharDesk – राम डंगोल | २०७८ चैत्र २०, आइतबार

हिजो नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति गर्दै आजदेखि देशभर गर्ने भनिएको आन्दोलन फिर्ता लिएको छ ।

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका व्यवसायीहरूले आन्दोलन फिर्ता लिदै आजदेखि निमियत ढुवानी गर्ने भएका हुन ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो ।

पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्मको सक्नेगरी सहमति भएको जनाउनुभयो । नेपाल एलपी ग्यास उत्पादक संघका अनुसार निगमसँगको वार्ता सकरात्मक निष्कर्ष आएको छ ।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबिच पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य मागको सम्बन्धमा जेष्ठ १५ गते सम्ममा समाधान खोज्ने सहमति भएको छ ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका थिए ।

उनीहरूले विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको तर निगमले आफूहरूको ढुवानी भाडा नबढाएको बताउँदै आएका थिए ।

निगमलाई ढुवानी भाडा बढाउन दबाब दिँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि देशभरका पेट्रोल पम्पहरूमा लाइन सुरु भइसकेको छ । जसका कारण उपभोक्ताहरु मारमा परको छन् ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082