युवा नेत्र सेवाको “एक कप चिया दान” अभियानबाट निःशुल्क उपचार
SamacharDesk – राम डंगोल | २०७८ चैत्र २०, आइतबार

युवा नेत्र सेवाले आँखाका रोगीहरुलाई निःशुल्क रुपमा उपचारको व्यवस्था गर्न एक कप चिया अभियान सञ्चालन गरेको छ ।
एक कप चिया बराबरको रकम एक वर्षसम्म जम्मा गरी आँखाका बिरामीको उपचारमा खर्च गर्ने लक्ष्य रहेको युवा नेत्र समाजले जनाएको छ । संस्थाका अध्यक्ष सिद्वार्थ रञ्जितले व्यक्तिहरुबाट संकलित रकम विपन्न एवं मोतिविन्दु भएका विरामीहरुको उपचारमा खर्च गरिने जानकारी दिनुभयो ।
सो अवसरमा वरिष्ठ गायिका आनी छोईङ डोल्माले संस्थालाई सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान समेत गरिएको थियो । यस्तै उक्त संस्थाको प्रचारप्रसारमा टेवा पुर्याउँदै आएका संचारकर्मी लक्ष्मणमान डंगोल लगायत समाजसेवीहरुलाई सम्मान गरेको थियो ।
संस्थाले काठमाण्डौ, ललितपुर र भक्तपुरलगायतका स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रममा “एक कप चिया दान अभियान” सम्बन्धी गीत र वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
Categorized in स्थानीय