पाकिस्तानमा संसद विघटन
SamacharDesk | २०७८ चैत्र २१, सोमबार

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति डा. आरिफ अल्वीले संसद भंग गरेका छन् ।
राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति अल्वीले पाकिस्तान गणराज्यको संविधानको धारा ४८ (१) बमोजिम नेशनल एसेम्बली भंग गर्ने प्रधानमन्त्री इमरान खानको सिफारिस स्वीकृत गरेको सचिवालयले जनाएको छ ।
अब पाकिस्तानमा ९० दिनभित्र आम चुनाव हुनेछ । यसअघि प्रधानमन्त्री खानले राष्ट्रका नाममा सम्बोधन गर्दै संसद भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । हिजै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको थियो ।
संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानविपरीत रहेको भन्दै अविश्वास प्रस्ताव खारेज गर्नुभएको थियो ।
विपक्षी दलहरु भने संसद विघटन गर्ने निर्णय विरुद्ध अदालत पुगेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय