मापदण्ड मिचेर बनाइएका संरचना पाेखरा महानगरले भत्कायाे
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ चैत्र २२, मंगलबार

पोखरा महानगर भित्र मापदण्ड मिचेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ ।
महानगरले सडक क्षेत्रको मापदण्ड मिचेर बनाएका संरचनामा डोजर लगाएको हो । महानगरले आइतबार नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बिरौटा चोकदेखि तीनकुनेसम्मका मापदण्ड मिचेर बनाइएका संरचनामा डोजर लगाएको हो ।
मापदण्ड मिचेर बनाएका फिस्टेल हाउजिङका ५ घरका पर्खाल, गेट र कार्यालय भत्काएको हो ।
यसअघि पनि महानगरले त्यही सडकखण्डमा मापदण्ड मिचेर बनाएका दर्जन घरहरु भत्काएको थियो ।
महानगरले सुरुमा २६ मिटर चौडा सडक बनाउने योजना अघि सारेका थियो । तर उक्त मापदण्डमा ५६ घर भत्किने भएपछि घटाएर २४ मिटरको सडक बनाइने भएको हो ।
उक्त मापदण्डमा २१ घरले मापदण्ड विपरीत संरचना बनाएको पाइएको छ ।
मापदण्डभित्र परेको संरचनालाई पटक पटक सूचना निकालेर हटाउन आग्रह गर्दासमेत नहटाएपछि महानगरले एस्काभेटर प्रयोग गरी भत्काएको हो ।
Categorized in स्थानीय