सिटीद्वारा एट्लेटिको म्याड्रिड पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २३, बुधबार

च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १–० गोलले हराएको हो ।
सिटिको घरेलु मैदान सिटि अफ म्यानचेस्टर स्टेडियममा भएको खेलमा सिटीको लागि कप्टान केभिन डे ब्रुयनेले निर्णायक गोल गरे । उनले खेलको ७० औं मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै सिटीले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
दोस्रो लेग एट्लेटिकोको मैदानमा आगामी अप्रिल १३ मा हुनेछ ।
Categorized in स्पाेर्ट्स