arin enterprises

बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २४, बिहिबार

 युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले सानदार जित निकालेको छ ।

गयराति भएको खेलमा रियलले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई ३–१ गोलले हराएको हो । रियललाई जित दिलाउन क्रममा करिम बेन्जेमाले ह्याट्रिक गरे ।

पाहुना टोली रियलले २१औं मिनेटमा अग्रता लियो । भिनिसियस जुनियरको पासमा बेन्जेमाले हेडरमार्फत गोल गरेपछि रियलले अग्रता लिएको हो ।

२४ औं मिनेटमा लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै बेन्जेमाले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

४० औं मिनेटमा घरेलु टोलीका काई हाभर्टजले गोल गर्दा खेलको पहिलो हाफ २–१ को स्थितिमा आयो ।

दोस्रो हाफको ४६औं मिनेटमा बेन्जेमाले गोल गर्दै ह्याट्रिक पुरा गरेपछि खेललाई खेललाई ३–१ को स्थितिमा ल्याए ।

त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा रियल विजयी हुन सफल भयो ।

यो जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा प्रवेश गर्नेछ ।

यस्तै चेल्सीलाई सेमिफाइनल पुग्न कम्तीमा ३–० को जितको खाँचो छ ।

दोस्रो लेग खेल आगामी अप्रिल १३ मा रियलको मैदानमा हुनेछ ।

Categorized in स्पाेर्ट्स