“नेशनल आर्टिष्ट अवार्ड—२०७९” हुने
SamacharDesk | २०७८ चैत्र २५, शुक्रबार

नेपाली चलचित्र तथा गीत संगीतलाई समेट्दै “नेशनल आर्टिष्ट अवार्ड—२०७९” आयोजना हुने भएको छ । नेपालीे मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागि अवार्ड कार्यक्रम आयोजना हुन लागेको आयोजकको भनाई छ ।
अवार्ड जेष्ठको अन्त्यमा प्रदान गरिने आयोजक अध्यक्ष रोशन पोखरेलले बताए । अवार्डका लागि आवेदनको खुल्ला गरिएको छ । आवदेन फारम बैशाख ३० गतेसम्म फारम बुझाउनुपर्ने आयोजकले बताएको छ ।
अवार्डको आयोजनाबाट सांगीतिक तथा सम्पू्र्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशील स्रष्टालाई प्रेरणा थप्ने उद्देश्य रहेको आयोजकको दावी छ । मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गरिने आयोजक सस्था साहित्य सरोवर मिडिया प्रालीले बताए ।
उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गित (तिज, दशैँ तिहार, होलि), भेग विशेष पुर्बेली, काँठ, पश्चिमेली भजन, पप÷आधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडलहरुले सहभागिता जनाउन सक्ने आयोजक सस्थाले जनाएको छ ।
Categorized in पेजथ्री