arin enterprises

चिनिया कम्पनी गेजुवाबाट बुढीगण्डकी आयोजना खोसियो

SamacharDesk | २०७८ चैत्र २५, शुक्रबार

सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीलाई हटाएर स्वदेशी लगानीमै जलाशययुक्त उक्त आयोजना बनाउने निर्णय गरेको हो । यसअघि केपी ओली सरकारले उक्त आयोजना बनाउने जिम्मा चाइना गेजुवालाई दिएको थियो । वर्तमान सरकारले उक्त आयोजनाको लाइसेन्स गेजुवाबाट खोसी स्वदेशी लगानीबाटै निर्माण गर्ने निर्णय गरेको छ ।

धादिङ र गोर्खा जिल्लाको सिमा नदीको रुपमा रहेको बूढी गण्डकी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले राखेको छ भने वर्षाैंदेखि पेट्रोलियम पदार्थका उपभोक्ताबाट प्रति लिटर पाँच रुपैयाँ उठाईदै आएको छ । सोही पैसा पनि झण्डै एक खर्ब पुग्न लागिसकेको छ ।

आयोजना अन्तर्गत अहिलेसम्म ४८ हजार ९४८ रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने ६४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको तथ्यांक ऊर्जा मन्त्रालयको छ ।

Categorized in राष्ट्रिय