arin enterprises

कवि दुर्गालालको साहित्यिक कार्यक्रम हुने

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७८ चैत्र २५, शुक्रबार

नेपालभाषाको वाङमय क्षेत्र साथै नेपाली साहित्य क्षेत्रमासमेत चर्चित कवि दुर्गालाल श्रेष्ठको साहित्यिक कार्यक्रम “सर्जक व सिर्जना“ हुने भएको छ ।

नेपालभाषा साहित्य क्षेत्रमा जनकवि नामले परिचित कवि श्रेष्ठसँगको एक पृथक कार्यक्रम दावी गरिएको सो कार्यक्रम आउँदा वैसाख १० गते कीर्तिपुरमा हुन लागेको हो ।

कीर्तिपुरस्थित नेपालभाषा एकेडेमिको सभाहलमा कार्यक्रम हुने एकेडेमीका सदस्य सचिब डा. पुष्पराज राजकर्णिकारले जानकारी दिनुभयो ।

कार्यक्रममा जनकवि श्रेष्ठका कृतिलाई लिएर विभिन्न व्यक्तित्वहरुबाट समीक्षात्मक छलफल हुने राजकर्णिकारले जानकारी दिनुभयो ।

कार्यक्रममा कवि श्रेष्ठबाट रचित गीतहरु विभिन्न गायकहरुबाट प्रस्तुत गरिने पनि बताइएको छ ।

Categorized in पेजथ्री