arin enterprises

रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न

SamacharDesk – विकाश | २०७६ मङ्सिर १६, सोमबार

ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । 

भारतको अयोध्याबाट जनकपुर आएका जन्तीलाई सोमबार दिउँसो विशेष कार्यक्रमबीच बिदाइ गरिएपछि सात दिने विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो । 

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकी मन्दिरको प्राङ्गणमा लत्ता कपडा, प्रसादको साथमा दक्षिणा दिएर जन्तीको विदाइ गर्नुभयो । जन्तीका सहभागी साधुसन्तको मर्यादाक्रम अनुसार दक्षिणा दिइएको थियो । 

यो परम्परालाई रामकलेवा भनिन्छ । रामकलेवामा राम, लक्ष्मण, भरत, शत्रुधन, सीता, उर्मिला, माण्डवी र श्रुतीकृतिलाई एकै ठाउँमा बसाएर खाना खुवाइएपछि महोत्सव सम्पन्न हुने गर्दछ । 

स्थानीय संघसंस्थाले हजारौं श्रद्धालुलाई निःशुल्क भोजनको व्यवस्था गरेका थिए । 

यो बर्ष जन्तीका रुपमा भारतको अयोध्यासहित विभिन्न स्थानबाट हजारौं तीर्थालु सहभागी भएका थिए ।

Categorized in संस्कृति