युरोपा लिगबाट बार्सिलोना बाहिरियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख २, शुक्रबार

बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग समग्रमा ४–३ गोलले पराजित हुँदै बाहिरिएको हो ।
पहिलो लेगमा फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको बार्सिलोना दोस्रो लेगमा ३–२ ले पराजित भयो ।
बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा खेलको खेलको चौंथो मिनेटमा फिलिप कोस्टिकले पेनाल्टि मार्फत गोल गदै फ्रान्कफुर्टलाई अग्रता दिलाए । ३६ औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफुर्टको अग्रता दोब्बर पारे।
खेलको ६७ औं मिनेटमा फिलिपले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्कफुर्टले ३–० को अग्रता बनायो ।
तर खेलमा थपिएको १२ मिनेटको इन्जुरी समयमा बार्सिलोनाले दुई गोल फर्कायो ।
इन्जुरी समयको पहिलो मिनेटमा सर्जियो बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिस गरे। यस्तै खेलको १० औं मिनेटमा इभानले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो।
त्यसपछि बार्सिलोनाका मेम्फिस डिपेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।
त्यसपछि गोल हुन नसक्दा बार्सिलोना पराजित भयो ।
Categorized in स्पाेर्ट्स