१३औं साग : फुटबलमा भुटानको विजयी शुरुवात
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ मङ्सिर १६, सोमबार

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा भुटानले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा सोमबार भुटानले बंगलादेशलाई हराउँदै विजयी शुरुवात गरेको हो ।
भुटानले बंगलादेशलाई १÷० ले हराउँदै खेल आफ्नो पोल्टामा पारेको हो । खेलको ६५औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।
आजै सम्पन्न फुटबलको दोस्रो खेलमा श्रीलंका र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
पाँच टिम सहभागी पुरुष फुटबलमा नेपालले पहिलो खेल मंगलबार दिउँसो १ बजे भुटानसंग खेल्नेछ । त्यस्तै साँझ ५ बजे बंगलादेश र माल्दिभ्स खेल्नेछन् ।
Categorized in स्पाेर्ट्स