arin enterprises

अमेरिकी सिनेटर आज नेपाल आउने

SamacharDesk | २०७९ बैशाख ९, शुक्रबार

अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज नेपाल आईपुग्ने भएको छ । चार जना सिनेटर र एक जना सांसदसहितको टोली आज साँझ काठमाडौं आउन लागेको हो ।

सत्तारुढ डेमोक्र्याटिक पार्टीका सिनेटरहरु मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र प्रतिनिधिसभाका सांसद मोन्डेयर जोन्स नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । पोल्यान्ड, जर्मनी, युएई र भारत हुदै उनीहरु नेपाल आईपुग्न लागेका हुन् ।

सिनेटरको टोलीले भोलिदेखि नेपालमा भेटघाट शुरु गर्ने बुझिएको छ । रुसले युक्रेनमाथि हमला गरेपछिको अवस्थामा युक्रेनको पक्षमा जनमत बनाउने उद्धेश्यले सिनेटर टोली भ्रमण निस्किएको हो ।

सिनेटर केली भने गत पुसमा अमेरिकी सहायक विदेश मन्त्री डोनल्ड लु काठमाडौं आउँदा पनि सँगै आउनु भएको थियो ।

Categorized in राष्ट्रिय