महिला भलिबल : उपाधी दावेदार नेपाल रजतमै सिमित
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ मङ्सिर १७, मंगलबार

महिला भलिबलमा उपाधी दावेदार नेपालले रजतमै चित्त बुझाउनु परेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनल खेलमा नेपाल भारतविरुद्ध पराजित हुँदै दोश्रो स्थानमा सिमित हुन पुग्यो ।
शुरुवातमा अग्रता लिएपनि नेपालले खेल आफ्नो पोल्टामा भने पार्न सकेन ।
नेपालले पहिलो सेट १७–२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेट भने जित्न सफल भयो । दोस्रो सेट २५–२३ ले जित्यो भने तेस्रो सेट २५–२१ ले जित्यो ।
चौथो सेट भने नेपालले २०–२५ ले गुमायो । १४–१४ को बराबरीपछि भारत अगाडि लागेको थियो ।
पाँचौं सेट नेपालले ६–१५ को फराकिलो अन्तरले गुमायो ।
साग इतिहासमा महिला भलिबलमा नेपालले पहिलोपटक रजतपदक जितेको हो । यसअघि तीनपटकसम्म नेपाल कास्यपदकमै सीमित भएको थियो ।
Categorized in स्पाेर्ट्स