सागमा नेपालको सय स्वर्ण
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ मङ्सिर १८, बुधबार

सागको ईतिहासमा नेपालले स्वर्ण पदकको शतक बनाएको छ । १३औं दक्षिण एशियाली खेलकुद (साग)मा आज २९औं स्वर्णपदक जितेसँगै सागमा सय स्वर्ण पुगेको हो ।
१२ औं सागसम्म ७१ स्वर्णपदक जितेको नेपालले जारी १३औं सागमा स्वर्णपदकको संख्या २९ पु¥याएपछि सागमा स्वर्णको संख्यामा शतक पुगेको हो ।
आज सम्पन्न तेक्वान्दोमा सक्षम कार्कीले स्वर्ण जितेसँगै नेपालको स्वर्ण पदक संख्या २९ पुगेको हो ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले बुधबार ६ स्वर्णपदक जिते ।
नेपालले बुधबार साइक्लिङमा दुइ, तेक्वान्दोमा दुईको साथै कराँते र उसुबाट एक, एकवटा स्वर्ण हासिल गरेको हो ।
पदक तालिकामा भने नेपाल दोश्रो स्थानमा झरेको छ । २९ स्वर्णसहित नेपाल दोश्रो स्थानमा छ भने २७ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको भारतले स्वर्ण संख्या ३४ पुर्याउँदै शीर्ष स्थानमा उक्लिएको छ ।
९ स्वर्ण पदक जितेको पाकिस्तान तेश्रो र श्रीलंका ८ स्वर्णसहित चौथो स्थानमा छ ।
पाँचौ स्थानको बंगलादेशको ४ स्वर्ण छ भने माल्दिभ्सको एउटा स्वर्ण पदक छ ।
पुछारको भुटान चार कास्यपदकमा सिमित छ ।
Categorized in स्पाेर्ट्स