arin enterprises

एनएस ११३४ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ मङ्सिर २२, आइतबार

एनएस ११३४ ब्यान्डको नयाँ म्यूजिक भिडियो लाउन माया सार्वजनिक भएको छ । शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी नयाँ भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा मनमगन गायक दिपक बज्राचार्यले गीत सार्वजनिक गर्नुभयो ।

गीत सार्वजनिक गरेसँगैगायक बज्राचार्यले दर्शक, श्रोताले मन पराउन वा मन नपराउन, सर्जक निरन्तर श्रृजनामा लागिरहनुपर्ने बताउनुभयो ।

गायक बज्राचार्यले ब्यान्ड बनाउन सजिलो तर त्यसलाई निरन्तरता दिन गार्हो भएको बताउँदै यसतर्फ ब्यान्डले विशेष ध्यान दिन एनएस ११३४ ब्यान्डलाई सुझाव दिनुभयो ।

कार्यक्रममा ब्यान्डका भोकलिस्ट सुजन शाक्यले म्यूजिक भिडियो निर्माणको साथमा गीतको श्रृजनाको बारेमा जानकारी दिनुभयो ।

सार्वजनिक भएको म्यूजिक भिडियोको गीतको रचना गर्नुका साथै संगीत पनि गायक सुजनले नै दिएका छन् । 

भिडियोको परिकल्पनाकार र निर्देशक दिपककै रिदम व्यान्डका ड्रमर रिकि शाक्य हुन् ।

 

Categorized in पेजथ्री