arin enterprises

भारतलाइ हराउदै सनिलले नेपाललाई दिलाए ५०औं स्वर्ण

SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ मङ्सिर २४, मंगलबार

१३औं दक्षिण एशियाली खेलकुद (साग) मा बक्सिङको ६० केजी तौल समूहतर्फ सनिल शाहिले नेपाललाई स्वर्ण दिलाएका छन् । आज भएको फाइनल खेलमा भारतीय खेलाडिलाई हराउँदै सनिलले नेपालले ५०औं स्वर्ण दिलाएका हुन् । 

सातदोबाटोस्थित कराते कभर्डहलमा मंगलबार सम्पन्न फाइनल खेलमा सनिलले भारतका वीरेन्दर सिंहलाई हराएका हुन् ।

हाल आरआर क्याम्पसमा अंग्रेजी विषय लिएर मानविकि संकाय स्नातक तहको तेश्रो वर्षमा अध्ययनरत सनिलले फोटो पत्रकारीता समेत गर्ने गरेका छन् ।

बक्सिङबाट फुर्सदको समयमा उनले ननस्टप खबर र समाचार डेस्क न्यूज पोर्टलका लागि फोटो पत्रकारिता समेत गर्ने गर्छन् ।

बक्सिङमा नेपालको यो तेश्रो स्वर्ण हो । 

यसअघि सोमबार सम्पन्न ५४ केजी महिला बक्सिङमा भारतीय खेलाडी शिक्षालाई हराएर मीनु गुरुङले स्वर्ण जितेका थिए भने ६४ केजी तौल समूह पुरुषमा भुपेन्द्र थापामगरले भारतीय खेलाडी मनिष कौशिकलाई हराएर स्वर्ण जितेका थिए ।

Categorized in स्पाेर्ट्स