चलचित्र पत्रकार संघले तीन वर्षको सम्मान तथा पुरस्कार यसै वर्ष प्रदान गर्ने
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख २५, आइतबार

चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा वार्षिकउत्सव मनाउँदै आइरहेको छ ।
यही अवसर पारेर संघले चलचित्र क्षेत्रलाई समेटेर सम्मान पुरस्कार प्रदान गर्दै आइरहेको छ । तर कोरोना कहरको कारण विगतका दुई वर्ष भने वार्षिकउत्सव भर्चुअल मात्र मनाउनु परेकोले सम्मान तथा पुरस्कार कार्यक्रम हुन सकेको थिएन । यो वर्ष भने वार्षिकउत्सव मनाउने भएको छ ।
संघले जारी गरेको विज्ञप्ती अनुसार जेठ ७ गते शुभकामना आदानप्रदान गरि उक्त दिवस मनाउने तयारी गरेको हो । यस्तै संघले सोही अवसरमा प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अर्को मितिमा मात्र गर्ने जनाएको छ । संघले जारी गरेको विज्ञप्तीमा मिति भने सार्वजनिक गरिएको छैन ।
संघको शनिबार बसेको बैठकले कोरोना प्रभावका कारण २०७७ र २०७८ सालमा वितरण गर्न नसकेको सम्मान तथा पुरस्कार वितरण पनि यसै वर्ष गर्ने जनाएको छ ।
यसरी चलिचत्र पत्रकार संघ नेपालले तीन वर्षको पुरस्कार तथा सम्मान एकै पटक गर्न लागेको हो । संघले जारी गरेको विज्ञप्ती अनुसार चलचित्र पत्रकारिता सम्मान पुरस्कार २०७७ – शान्तिप्रिय र राजन घिमिरेले, चलचित्र पत्रकारिता पुरस्कार २०७७ दिवाकर मैनाली र आर। डि। शृंखला तथा चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार – रीना मोक्तानले प्राप्त गर्ने भएका छन् ।
यसैगरि चलचित्र पत्रकारिता सम्मान २०७८ – सुब्रतराज आचार्य र सन्दिप सापकोटालाई, चलचित्र पत्रकारिता पुरस्कार २०७८ –कुमार आचार्य र गीता अधिकारीलाई, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ – मनोज न्यौपानेलाई र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८ – रेम बिक ९कास्की० लाई प्रदान गर्नेपनि संघको निर्णय रहेको छ ।
यस्तै संघले चलचित्र पत्रकारिता सम्मान २०७९ अन्तर्गत राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार २०७९ नेमिष गौतम र बिष्णु सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ उद्दब रसाइली र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ श्री राम अर्जुन ९मकवानपुर०लाई प्रदान गर्ने निर्णय गरेको पनि जानकारी गराएको छ ।
संघले २०७८ देखि उपत्यका बाहिरका चलचित्र पत्रकारलाई समेत समेट्दै मोफसल चलचित्र पत्रकारिता पुरस्कारको व्यवस्था गर्न सुरुगरेको संघका महासचिव समीर बलामीले जानकारी दिए ।
