arin enterprises

असार १० मा आउने भयो ‘घनचक्कर’

SamacharDesk – बिराज | २०७९ जेठ ८, आइतबार

कोरोना महामारीले रिलिज डेट धकेलिएको चलचित्र ‘घनचक्कर’ आउँदो असार १० गते रिलिज हुने भएको छ । चलचित्र निर्माण कम्पनी भट्ट एण्ड सन्स प्रोडक्सनले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरिएको हो ।

सौगात मल्ल, सरोज खनाल, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मको निर्माण सम्पन्न भइसके पनि कोरोना महामारी र बन्दाबन्दीका कारण रिलिज हुन पाइरहेको थिएन ।

अहिले कोरोना संक्रमण दरमा कमी आएको र स्थिती सामान्य बन्दै गएको अवस्थामा चलचित्र रिलिज हुन लागेको हो ।

चलचित्रमा कस्मिरा लामा, जेवी डिसी, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रको निर्देशन जितेन्द्र राजोपाध्ययले गरेका छन् । राजोपाध्यायले यस अघि विभिन्न म्यूजिक भिडियोको साथमा नेपालभाषाको चलचित्र पनि निर्देशन गरिसकेका छन् ।

अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद रहेको चलचित्रको छायाङ्गन सुसन प्रजापतिले गरेका छन् । 

Categorized in पेजथ्री