‘पीपीएल’को उपाधि भिडन्त आज हुँदै
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ पौष १२, शनिबार

पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको दोस्रो संस्करणको उपाधिका लागि आज चितवन राइनोज र विराटनगर टाइटन्सबीच भिडन्त हुँदैछ । दुबै टोलि आफ्नो पहिलो उपाधीका लागि आज मैदानमा उत्रँदैछन् ।
चितवन अघिल्लो संस्करणको उपविजेता हो भने विराटनगर अघिल्लो सँस्करणमा पुछारमा रहेको थियो ।
जारी प्रतियोगितामा चितवनले समूह चरणका पाँचओटै खेलमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले भने ‘प्लेअफ’मा पुग्न संघर्ष गर्नुपरेको थियो ।
‘नेट रनरेट’मा काठमाडौंभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
पोखरा रंगशालामा शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए ।
चितवनका कप्तान पारस खड्काले आफ्नो टिमको अपराजित यात्रालार्य फाइनलमासमेत निरन्तरता दिने दावी गरे ।
विराटनगरका कप्तान प्रदीप ऐरीले आफ्नो टोलीले पछिल्ला खेलमा सुधार गरिरहेकाले मैदानमा गल्ती कम गर्दै उपाधि जित्नेगरी खेल्ने बताए ।
मंसिर २९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।
उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीनजनालाई जनही एकरएकथान टीभीएस मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख तथा ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
Categorized in स्पाेर्ट्स