arin enterprises

त्रिमूर्तिको २१औं वार्षिकोत्सवमा पाँच पत्रकार सम्मानित

SamacharDesk | २०७९ जेठ २२, आइतबार

साहित्य क्षेत्रमा सक्रिय संस्था त्रिमूर्ति निकेतनले २१औं वर्षगाँठ मनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा नेपालभाषा क्षेत्रका पाँच जना पत्रकारहरुलाई सम्मान गरेको थियो । त्यस्तै सत्यमोहन जोशी शताब्दि महोत्सव पदकबाट ५८ जना व्यक्तित्वहरुलाई पदक प्रदान गरेको थियो ।

काठमाडौंको तिलगंगा सञ्चारग्राममा त्रिमुर्ति निकेतन परिसरमा संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापत्विमा सम्पन्न कार्यक्रममा आधा शताब्दीदेखि नेपाल भाषा साहितयमा समपिर्त भएका शास्त्रीय छन्द कविता रचना एवं छन्दकाव्यमा योगदान पुर्याउनु भएका गोविन्दराज विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार प्रदान गर्नुभएको थियो ।

त्यस्तै बालकृष्ण सम पुरस्कार मिथिला शर्मालाई, शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कार प्रदान गरियो । तीनवटै पुरकारको राशी १÷१ लाख नगद रहेको छ । त्यस्तै २५ हजार राशीको ‘भद्र घले पदक’ तारानाथ दाहाल र प्रा.डा. उषा ठाकुरलाई प्रदान गरियो ।

कार्यक्रममा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको उचाई अभिवृद्धिमा समर्पित ५८ जना व्यक्तिहरुलाई सत्यमोहन जोशी शताब्दी पदकबाट विभूषित गरेको थियो ।

विभूषित हुनेहरुमा पत्रकार विराजकाजी राजोपाध्याय, नृपेन्द्रलाल श्रेष्ठ, सुरेन्द्रभक्त श्रेष्ठ, नेपाल समाचार पत्रका सुनील महर्जन, नेपाल मण्डल टेलिभिजनका मिना बज्राचार्य रहेका छन् ।

यसअघि सत्यमोहन जोशी शताब्दी पदकबाट २ सय २६ जनालाई प्रदान गरिएको थियो ।

Categorized in पेजथ्री