arin enterprises

वरिष्ठ गायक भट्टराई रहेनन्

SamacharDesk – विकाश | २०७६ पौष २९, मंगलबार

वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । 

आज बिहान ४ बजे उहाँको निधन भएको हो ।

काठमाडौंको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा उहाँ  दुर्घटनामा परेका थिए ।आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर उहाँकोदुर्घटना भएको बताइएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा पुगेपनि चिकित्सकले मृत घोषित गरेका थिए । 

खासगरी गजल विधाका गायक भट्टराईले विभिन्न स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहनुभएको थियो। 

बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत रहनुभएका भट्टराईको श्रीमती, एक छोरा एक छोरी हुनुहुन्छ । 

उहाँको आजै पशुपती आर्यघाटमा दिउँसो १ बजे अन्त्येष्टि गरिने बताइएको छ ।

Categorized in पेजथ्री