arin enterprises

विश्वकै ठूलो जाफा केक

SamacharDesk | २०७९ जेठ ३०, सोमबार

पूर्वग्रेट ब्रिटिश बेक अफ विनर फ्रान्सिस क्विनले म्याक भिटीका कर्मचारीसँग मिलेर विश्वकै ठूलो केक बनाएको छ । उक्त केकलाई जाफा नाम दिइएको छ । 

१६० किलो अन्डा, ८ किलो चकलेट र १५ किलो ओरेन्ज जेली राखेर विश्वकै ठूलो केक बनाएका छन् अन्य केकभन्दा सयौँ गुणा ठूलो उक्त केकको व्यास १७५ सेन्टिमिटर छ ।

क्विनले बेलायतको गट ट्यालेन्ट कार्यक्रमको १५औँ वार्षिकोत्सवमा ८० किलो केक तयार गरेकी थिइन् । उनले भनिन्, ‘मैले पाँच वर्षअघि बनाएको कीर्तिमान तोड्नको लागि म्याकभिटीसँग साझेदारी गर्न पाउँदा एकदमै खुशी लागेको छ ।

यस्तो प्रतिष्ठित केकको साथ बेलायतको गट ट्यालेन्टको १५औँ जन्मदिन मनाउन पाउँदा ठूलो खुशी लाग्यो । ’ सन् २०१३ मा द ग्रेट ब्रिटिस बेक अफको चौथो शृंखला जित्ने सुश्री क्विनले २०१७ मा बनाएको आफ्नै गिनिज वल्र्ड रेकर्ड तोडेकी हुन् ।

झन्डै २ मिटर फराकिलो सो केक बनाउन ११ घन्टा लागेको थियो ।

Categorized in अन्तर्राष्ट्रिय