arin enterprises

आज पाँचौ राष्ट्रिय योग दिवस

SamacharDesk – विकाश | २०७६ माघ १, बुधबार

‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने मूल नाराकासाथ आज राष्ट्रिय योग दिवस मनाईंदैछ । सरकारले यस वर्ष पाँचौँ राष्ट्रिय योग दिवसलाई साताव्यापी रूपमा मनाउने लागेको छ ।

यस वर्ष माघ १ देखि एक सातासम्म ‘राष्ट्रिय योग दिवस २०७६’ मनाउन लागिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जानकारी दिएको छ । विभागको साथै विभिन्न संघसंस्थाहरुले ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम गरी साताभरी योग दिवस मनाइदैछ ।

१ देखि ७ माघसम्म मनाइने योग सप्ताहका लागि विभागले ३ लाख बजेट विनियोजन गरेको छ ।

वि.सं. २०३६ देखि नै सूर्यको उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योग दिवस मनाउन थालिएको थियो । ७२ साउन २८ गतेको मन्त्रिपरिषद् वैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ ।

विभिन्न प्रकारका शारिरीक एवम् मानसिक समस्याहरु बढ्दै गएको अवस्थामा योगको महत्व पनि बढ्दै गएको छ

स्वस्थ तथा तन्दुरुस्त रहनका लागि योग अत्यन्त उपयोगी मानिन्छ । 

पछिल्लो समय अस्वस्थकर जीवनशैलीका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव चुलिँदो छ । अव्यवस्थित खानपान, बिलासी जीवनशैलीका कारण विभिन्न प्रकारका शारिरीक एवम् मानसिक समस्याहरु बढ्दै गएको अवस्थामा योगको महत्व पनि बढ्दै गएको छ । 

विश्व स्वास्थ्य संगठनले पूर्ण रूपमा स्वस्थ हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा समेत स्वस्थ हुनुपर्छ । 

Categorized in राष्ट्रिय