संसारको सौभाग्य आउने
SamacharDesk – बिराज | २०७९ आषाढ १७, शुक्रबार

समाजमा सामाजिक संजालको लोकप्रियता बढेसँगै सम्पूर्ण टेलिभिजन जगत पनि सामाजिक संजाल नै बनेको छ ।
ठुलठुला स्मार्ट टिभि घरको कोठामा सजावटको सामान मात्र बनेको छ भने हातमा अटाउने स्मार्ट फोन नै टेलिभिजन बनेको छ । सामाजिक संजालको यस किसिमको लोकप्रियतासँगै वेब सिरिजहरु युट्युबमा आउन थालेका छन् ।
यसै क्रममा संसार क्रिएशन नेपालले पनि वेब सिरिज ‘सौभाग्य’ बनाउने भएको छ । आज संसार क्रिएशनले ललितपुरमा एउटा कार्यक्रमको आयोजना गरी वेब सिरिज ‘सौभाग्य’ को शुभ मुहुर्त गरेको हो ।
वेब सिरिजको कथा लेखन र निर्देशन प्रदिप सिं थापाले गर्ने भएका छन् । सिरिजका निर्माता संसार क्रिएशनका अध्यक्ष स्वतन्त्र महर्जन रहेका छन् भने ग्राफिक्स र दृश्य सम्पादको काम पनि उनैले गर्ने भएका छन् ।
हाललाई सिरिज २५ एपिसोडसम्म बनाउने योजना रहेको अध्यक्ष महर्जनले बताए । ‘अहिलेलाई २५ एपिसोडसम्म बनाउने योजना छ, दर्शकको प्रतिक्रिया हेरेर अर्को योजना बनाउँला’ महर्जनले आफ्नो योजना सुनाए ।
श्रावणको पहिलो हप्ता सिरिजको पहिलो एपिसोड सार्वजनिक गर्ने बताइएको छ ।
Categorized in पेजथ्री