arin enterprises

नेपालमा ओमिक्रोन बीए ५ का विरामी फेला पर्यो

SamacharDesk | २०७९ आषाढ २०, सोमबार

विश्व नै आक्रान्त भएको कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टहरुले फेरि विश्व नै आक्रान्त हुँदै आएको छ । एकपछि अर्काे कोरोनाको भेरियन्टहरु फेला पर्न थालेको चिकित्सकहरु बताउँछन् ।

नेपालमा पनि ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ फेला परेको छ । धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो संक्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताउनु भयो ।

भारत र अमेरिकामा पछिल्लो समय ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले संक्रमण बढाएको पुष्टि भइसकेको छ । नेपालमा अहिले बीए ५ कै कारण संक्रमण गराइरहेको भए कोभिड–१९ फेरि समुदायस्तरमा बढ्न सक्ने अनुमान गरिएको छ ।

बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Categorized in राष्ट्रिय