arin enterprises

आयोगले संघीय निर्वाचनका लागि मिति प्रस्ताव गर्ने

SamacharDesk | २०७९ आषाढ २२, बुधबार

निर्वाचन आयोगले संघीय निर्वाचनका लागि मिति प्रस्ताव गर्ने भएको छ ।

आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिसभा र प्रदेशसभाका लागि मिति सिफारिस गर्ने तयारी गरेको छ ।

चुनावको तयारीका लागि आयोगले आज मिति सिफारिस गरेपछि कम्तिमा १ सय २० दिन समय राखेर सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ ।

आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको बताइएको छ ।

यसअघि कात्तिक ३० गते चुनाव गनेगरी सिफारिस गर्ने भनिएपनि आयोगले मंसिर २ वा ५ मध्ये एक दिनलाई रोजेको हो । त्यसपछि भने निर्वाचन गराउन विकट भौगोलिक जिल्ला तथा उच्च भेगमा कठिन हुने आयोगको तर्क छ ।

Categorized in राष्ट्रिय