नागरिकता विधेयक फिर्ता, नयाँ विधेयक ल्याउने
SamacharDesk | २०७९ आषाढ २५, शनिबार

सरकारले विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता गरेर नयाँ विधेयक ल्याउने तयारी गरेको छ ।
४ वर्षसम्म संसदमा सहमति जुट्न नसकेको विधेयक प्रतिनिधिसभाको हिजोको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभयो ।
प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरुले फिर्ता लिन हुने र नहुने दुबै पक्षबाट मत प्रकट गरे । हिजो सांसदहरुले ४ वर्षसम्म संसदमा सहमति जुट्न नसकेको विधेयक फिर्ता लिएर नयाँ ल्याउँदा अहिलेकै कार्यकालमा कानुन बनाउन सकिन्छ ? भन्ने सांसदहरुको प्रश्न गरेका थिए ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले तत्काल नागरिकता विधेयक ल्याइने बताउनुभएको थियो ।
बिचाराधीन विधेयकमा रहेका विवादित विषय कायमै राखेर अगाडि बढाउनभन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा समयसापेक्ष र दलीय सहमति जुटाउन सजिलो हुने भएकाले विधेयक फिर्ता लिएको उहाँको प्रष्टीकरण थियो ।
विचाराधीन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याउने निर्णय सबै दलका शीर्ष नेताहरुको सहमतिमा गरिएको गृहमन्त्री खाँडको भनाइ थियो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने चर्काे विरोध गर्दै आइरहेको छ ।
Categorized in राष्ट्रिय