arin enterprises

आज विश्व जनसंख्या दिवस

SamacharDesk | २०७९ आषाढ २७, सोमबार

सन् १९८९ बाट हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ ।

सोही अवसरमा आज पनि विश्व जनसंख्या दिवस नेपाल लगायत विश्वभर मनाईंदैछ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा सयुक्त राष्ट्र संघको ‘पपुलेसन समिट’ले यो दिवस मनाउने घोषणा गरेको थियो । हाल विश्वमा करिब ८ अर्बभन्दा धेरै जनसंख्या रहेको राष्ट्र संघको एक अध्ययनले देखाएको छ ।

यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिएको छ । नेपालको जनसंख्या २०७८ सालमा गरेको जनगणना अनुसार २,९१,९२,४८० रहेको तथ्यांक विभागले जनाएको छ ।

जसमा १,४२,९१,३११ पुरुषहरु छन् जुन कूल जनसंख्याको ४८.९६ प्रतिशत हो । त्यस्तै महिलाहरु १,४९,०१,१६९ जना रहेका छन् । जुन ५१.०४ प्रतिशत रहेको छ । विगतको तुलनामा नेपालमा सन्तान जन्माउने दरमा कमी आएको तथ्यांकहरुले देखाएको छ ।

प्रायः नेपालीहरु एउटै सन्तानमा सीमित हुन पुगेको छ भने बढीमा दुई सन्तानसम्म जन्माउने गरेको तथ्यांकले देखाएको छ ।

विगत केही दर्शकदेखि विश्वको जनसंख्यामा ‘ग्लोवल माइग्रेशन’ले ठुलो प्रभाव पारिररहेका छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइओएम०का अनुसार शिक्षा, रोजगारीको अवसर र अन्य सुविधाको खोजीमा ठुलो जनसंख्या एक ठाँउदेखि अर्को ठाउँमा बसाइ सर्ने गर्दछन् ।

पछिल्लो समय रोजगारी र शिक्षाको खोजीमा वार्षिक ७० करोडभन्दा धेरै मानिस एक देशदेखि अर्को देश जाने गरेका अन्तर्राष्ट्रिय श्रमिक संगठन आइएलओको वार्षिक प्रतिवदेनमा उल्लेख छ । 

नेपालका जनशक्तिहरु पनि दैनिक २ हजारको हाराहारीमा रोजगारीका लागि तेस्रो मुलुकमा जानेक्रम बढ्दो छ । नेपालको अर्थतन्त्र नै उनीहरुले कमाएर पठाएको रेमिट्यान्समा निर्भर हुने गरेका छन् ।

यसरी रोजगारीको खोजीमा विदेसिने श्रमिक र अध्ययनका लागि अन्य देश जाने पारिवारका कारण पनि बसाइसराई दिनप्रतिदिन बढिरहेको छ । वार्षिक २७ करोड जनसंख्या रोजगारीको खोजीमा एक देशदेखि अर्को देशमा जाने गरेका आइएलओको प्रतिवेदनमा उल्लेख छ ।

जसमा दैनिक विश्वभर शिक्षा, रोजगार र अन्य अवसरको खोजीमा वार्षिक ४० करोड जनसंख्या स्थानातरण हुने गरेका छन् ।

Categorized in राष्ट्रिय