चिनियाँ नेता लिऊ भेटघाटमा व्यस्त
SamacharDesk | २०७९ आषाढ २७, सोमबार

नेपालको चार दिने भ्रमणमा हिजो आइतबार काठमाडौं पुग्नु भएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानचाओ नेपालका उचपदस्थ व्यक्तिहरुको भेटघाटमा व्यस्त हुनुभएको छ ।
हिजो नेपाल आउनेवित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो भने त्यसभन्दा पहिलो परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्नुभएको थियो ।
लिऊले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै हुनुहुन्छ । लिउले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
अपरान्ह चार बजे दाहाल निवास खुमलटारमा पुगेर भेट्दै हुनुहुन्छ । त्यस्तै आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा भोलि एमाले अध्यक्ष केपी ओलीसँग र बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ ।
लिऊले आज विहान सुन्दरीजलस्थित वीपी संग्रहालय पुगेर अवलोकन गर्नुभएको छ ।
Categorized in राष्ट्रिय