स्टार म्यूजिक भिडियो अवार्ड सम्पन्न
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ माघ १०, शुक्रबार

नेपालभाषाको चलचित्र क्षेत्रकै सबैभन्दा ठुलो दावी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड सम्पन्न भएको छ । शनिबार कमलादीस्थित प्रज्ञाभवनमा विगेस्ट अवार्ड सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न ६६ वटा विधामा अवार्ड वितरण गरियो । लाइफटाइम अचिभमेन्ट अवार्डको साथै समारोहमा विभिन्न सम्मानहरु सहित कलाकर्मीलाई सम्मान गरिएको थियो ।
जनसंगीत श्रष्टा अमरराज शर्मा राजोपाध्यायलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । सम्मानित शर्मालाई ट्रफि, सम्मानपत्रको साथमा नगद रु.२५ हजार राशिसहित सम्मानित गरिएको थियो ।
त्यसैगरी म्यूजिक भिडियोका विभिन्न विधामा योगदान दिँदै आएका सात जना कलाकर्मीलाई संसार सप्तरङ्गि अवार्र्डबाट सम्मान गरियो ।
सप्तरङ्गि अवार्डबाट निर्देशक पवन जोशी, कलाकार जय श्रेष्ठ, कलाकार हिसिला महर्जन, गायक जुजुकाजी रंजीतलाई सम्मान गरियो । त्यसैगरी संगीतकार मनराजा नकर्मी, वरिष्ठ सिने पत्रकार साथै निर्देशक विजयरत्न तुलाधर र मेकअप आर्टिस्ट सनमकुमार श्रेष्ठ पनि सप्तरङ्गि अवार्डबाट सम्मानित भए ।
म्यूजिक भिडियोका विभिन्न विधाहरुमा योगदान दिँदै आएका ललेन्द्र शाक्यलाई संसार मल्टिपर्पोज अवार्डबाट सम्मानित गरियो ।
सो सम्मानको समयमा डबलीमा मौलिक पहिरन हाकु पटासीमा ख्वकनाका महिला समूहको उपस्थितीले सम्मानको रौनकलाई बेग्लै बनाएको थियो ।
समारोहलाई सुरेन्द्र मानन्धर, विनोद मानन्धर, रोजी डंगोल श्रेष्ठ, किशोर कुमार शाही, सरस्वती मानन्धर र एकराज महर्जनको साँगितिक प्रस्तुतिले अझ रङ्गिन बनाएको थियो ।
साथमा सुजना बज्राचार्य, सुजन बज्राचार्य, प्रियंका नापीत, संजली महर्जन, आरुशा महर्जन, रचु शाक्य, हस्ना अमिका, माया, रुकमणि, ज्ञानीमायाको साथै नेवाः इङ्गिलिस स्कूलका विद्यार्थीहरुको नृत्यको साथै ठेचो कराँते डोजोको कराँते डेमोमा पनि दर्शकले मनोरन्जन लिएका थिए ।
कार्यक्रमको प्रमुख आकर्षण भने दि अनएक्सपेक्टेड क्य्रूको डान्स रह्यो । क्य्रूले आफ्नो डान्समा कार्यक्रम आयोजक संसार क्रिएशनका अध्यक्ष स्वतन्त्र संसार महर्जनको आत्मकथा प्रस्तुत गरेका थिए ।
सो समयमा क्य्रूको प्रस्तुतिमा उपस्थित सबैजना भावुक बनेका थिए ।
स्वतन्त्र महर्जन हाल स्पाइनलको ट्यूमरले पिडित छन् । उनको एक चलचित्र सुटिङ्गको दौरानमा दुर्घटना भइ लागेको चोट पछि गएर ट्यूमर बनेको थियो ।
कार्यक्रममा शहरि विकास राज्यमन्त्री रामबीर मानन्धर, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको समेत उपस्थिती थियो ।
साथै वागमती प्रदेशका सभासद् राजकाजी महर्जन, डा.अजयक्रान्ती शाक्य, हास्य सम्राट मदनकृष्ण श्रेष्ठ लगायतको पनि उपस्थिती रहेको थियो ।
विभिन्न विधामा अवार्ड विजेताको नामावली
