arin enterprises

फोहोर फ्याँक्ने तालिका सार्वजनिक

SamacharDesk | २०७९ आषाढ ३२, शनिबार

काठमाडौं महानगरपालिकाको सबै भन्दा ठूलो चुनौति भनेकै फोहोर व्यवस्थापन रहेको छ ।

यसलाई मध्यनजर राख्दै नवनिर्वाचित मेयर बालेन शाहले चुनाव जित्ने वित्तिकै काठमाडौंको फोहोर व्यवस्थापनका लागि लागिपर्नुभएको छ ।

सोही समयमा उहाँले घरबाटै कुहिने र नकुहिने रोग छुट्याएर काठमाडौंको घरबाटै व्यवस्थापन गर्ने कुरा उठाउँदै आउनु भएको थियो ।

सोही अनुरुप भोली साउन १ गतेदेखि महानगरवासीहरुले आफ्नो घरबाट निस्कने फोहोर छुट्याएर फाल्नुपर्नेे भएको छ । सो को लागि महानगरले फोहोर फाल्नका लागि तालिका सार्वजनिक गरेको छ ।

महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ ।

साथै नकुहिने फोहोर लागि सोमबार र शुक्रबारका. लागि समय तोकेको महानगरपालिकाले जनाएको छ ।

तोकिएको समय बमोजिम नागरिकले फोहोर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने महानगरपालिकाले जारी सूचनामा भनिएको छ ।

महानगरपालिकाले १ महिनाअघि नै सूचना जारी गरेर फोहोर वर्गीकरण गर्ने विषयमा नगरवासीलाई सचेत र जानकारी गराएको थियो ।

पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहोर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५ सय जरिवानासमेत गर्ने महानगरले जनाएको छ ।

Categorized in राष्ट्रिय