छिमेकी नीतिमा नेपाल सधैँ प्राथमिकतामा : विदेशमन्त्री जयशंकर
SamacharDesk | २०७९ आषाढ ३२, शनिबार

भारतीय जनता निमन्त्रणामा भारत भ्रमणमा रहेका प्रचण्ड र भारतीय विदेश मन्त्री डा. एस जयशंकरबीच आज भेटवार्ता भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको विदेशमन्त्री जयशंकरले बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रचण्डसँग सनिवार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले नेपाल सधैँ भारतको प्राथमिकतामा पर्ने बताएका छन ।
उहाँले छिमेकीप्रतिको पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन । ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छन, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।
यसअघि शुक्रवार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवा बिच भेटघाट भएको छ ।
‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो ।
सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति रहेको थियो । शुक्रवार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवा बिच भेटवार्ता भएको थियो ।
Categorized in राष्ट्रिय