arin enterprises

फाइजरको दोस्रो खोप दिईंदै

SamacharDesk | २०७९ श्रावण २, सोमबार

गत महिना कोरोना विरुद्धको पहिलो मात्रा दिएका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाईदैछ ।

पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यही साउन ८ गतेसम्म पहिलो मात्रा लगाएका केन्द्रबाटै खोप दिने ब्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोपको दोस्रो मात्रा दिइनेछ ।

Categorized in राष्ट्रिय