अन्तर्राष्ट्रिय मेयर सम्मेलनको वेबसाइट शुरु
SamacharDesk – विकाश | २०७६ माघ १७, शुक्रबार

आउँदो अक्टोबरमा हुन लागेको अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२० को आधिकारिक वेबसाइटको शुरुवात भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’को वेवसाइटको शुभारम्भ गर्नुभयो ।
उपत्यका नगरपालिका फोरमले नेपाल भ्रमण वर्ष २०२०को अवसरमा आउँदो अक्टोबर ७ देखि १० सम्म नेपालमै पहिलो ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ को आयोजना गर्न लागेको हो । यसै सन्दर्भमा फोरमले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको घोषणाको साथमा वेबसाइट शुभारम्भ गरेको हो ।
सम्मेलनको लागि मात्र नभई अन्य विभिन्न विषयमा समेत एउटा देशले अर्को देशको बारेमा सहज रुपमा जानकारी हासिल गर्न सकोस् भन्ने उद्देश्ये वेवसाइट शुरु गरिएको फोरमले जनाएको छ ।
उक्त वेबसाइटमा निकट भविष्यमै अंग्रेजी लगायत विभिन्न ७ वटा अन्तर्राष्ट्रिय भाषामा समेत जानकारी लिन सकिने जनाइएको छ ।
शुभारम्भ गरिएको वेब ठेगाना http://www.imc-2020.org.np रहेको छ ।
सम्मेलनय् बोल्दै काठमाडौं महानगरपालिकाका मेयर शाक्यले स्थानीय (नगर) सरकारसँग सम्वन्ध भएका अन्तर्राष्ट्रिय शहर, सार्क तथा दक्षिण एशियाका राजधानी लगायत प्रमुख शहर साथै युनेस्को र विश्व सम्पदा शहरको संगठनमा आवद्ध सम्पदा शहरका नगरप्रमुख, नितिनिर्माता एवं योजनाविद्हरुलाई सम्मेलनमा आमन्त्रण गरिने बताइयो ।
थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सम्मेलनले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत टेवा पुग्ने र आपसी ज्ञान र अनुभवको आदानप्रदानबाट नेपाललाई लाभ हुने बताउनुभयो ।
Categorized in राष्ट्रिय