काठमाडौंमा थुप्रिएको फोहोर भोलिबाट उठ्ने
SamacharDesk | २०७९ श्रावण ११, बुधबार

ल्याण्डफिल साइटको सडक मर्मतका कारण एक सातादेखि बन्द भएको फोहोर भोलिबाट उठ्ने भएको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै भोलि विहान ६ बजेदेखि नै फोहोर संकलनका लागि अतिरिक्त जनशक्तिसहित गाडीहरु पठाउने भन्दै पायक पर्ने ठाउँसम्म फोहोर पु¥याउन आग्रह गरेको छ ।
गत साउनदेखि कुहिने र नकुहिने फोहोर फोहोर संकलन गर्न थालेको छ । अब उप्रान्त पनि छुट्याएर फाल्न महानगरले फेरि पनि आग्रह गरेको छ ।
महानगरपालिकाले ल्याण्डफिल साइटसम्म पुग्ने सडक कालोपत्रे गर्ने काम सकिएकाले अब नियमिति रुपमा फोहोर पठाइने पनि जनाएको छ ।
यही साउन ४ गते महानगरपालिकाले सडक मर्मतका लागि भन्दै एक साता फोहोर संकलन नहुने जनाएको थियो ।
Categorized in राष्ट्रिय