अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने
SamacharDesk – Aakash Rajopadhyaya | २०७९ श्रावण १२, बिहिबार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने भ्रमणका लागि फेरि नेपाल आउँदै हुनुहुन्छ ।
एमसीसी नेपालको संसदबाट अनुमोदन गराउन विशेष भूमिका खेलेका लु आज साँझ नेपाल आइपुग्दै हुनुहुन्छ ।
भ्रमणका क्रममा शुक्रबार लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अन्य राजनीतिक दलका नेताहरुसँगको भेटघाटबाट कुनै जानकारी बाहिर आएको छैन ।
नेपालले स्टेट पार्टनरशीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरे पनि अमेरिकालाई औपचारिक पत्र नपठाएर अलमल गरिरहेको बेला लु नेपाल आउन लाग्नुभएको हो ।
यसअघि लु ले गत मंसिर १ देखि ४ गतेसम्म नेपालको भ्रमण गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय